इलाम । नेपाली कांग्रेसको आन्तरिक बिषेश अभियान अन्तरगत जनप्रतिनिधिहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ । पार्टीका कार्यकर्ता, जनप्रतिनिधि र नागरिक बिषयक सम्बाद कार्यक्रम सम्पन्न भएको हो ।

नेपाली काग्रेसकी नेतृ डिला संग्रौलाको प्रमुख आथित्यतामा सम्पन्न अन्तरक्रियामा इलामबाट प्रतिनिधित्व गर्दै आएका जनप्रनिधिहरुको उपस्थिति रहेको थियो । जनप्रनिधिहरुले पार्टीको सुदृढिकणका लागि पार्टीले खेल्नुपर्ने भुमिकाका बारेमा सुझावहरु संकलन गरिएको नेपाली काग्रेसको आन्तरिक बिषेश अभियान कार्यक्रमका संयोजक खगेन्द्र देवानले बताए ।

कार्यकर्ता र जनप्रतिनिधिबाट लिइएको सुझावहरु पार्टीको जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति हुँदै केन्द्रिय कार्यसमितिमा पठाउने योजना रहेको छ । अन्तरक्रियामा जिल्ला सभापति डम्बर खड्का, प्रदेशसभा सदस्य बन्दना अधिकारी, गोविन्द गिरी, समसेर राई इलामका स्थानीय तहमा नेपाली काग्रेसबाट नेतृत्वमा पुगेका पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरुको उपस्थिति रहेको थियो ।
