इलाम । लैंगिक न्यायसंगत जलवायु समाधानमा महिला समुहहको भुमिका बारे अन्तरक्रिया सम्पन्न भएको छ । लैंगिक न्यायसंगत जलवायु समाधानमा महिला समुहहरुको भुमिका बिषयक १ दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । इलाम नगरपालिकाका सबै वडाको प्रतिनिधित्व गरेका महिलाहरुको सहभागीता रहेको कार्यक्रममा सहयात्रा नेपालको आयोजना र प्रकृति रिसोर्सेस सेन्टरको सहयोगमा संचालन भएको हो ।

सामुदायिक कृषि क्याम्पस इलामका प्रमुख, कृषि बिज्ञ डाक्टर योगेन्द्रमान श्रेष्ठ र कृषि ज्ञानकेन्द्र इलामका बाली संरक्षण अधिकृत बबि बस्नेतले सहजीकरण गरेको सहभागि पुष्पा राईले बताइन् । इलाम नगरपालिका ७ का जन प्रतिनिधि महिला सदस्य वबिता राई प्रमुख आतिथ्यता र सहयात्रा नेपालकी अध्यक्ष हेम कुमारी शिवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
