इलाम । भारतको पश्चिम बंगालको हेगापुर रेल स्टेसनमा एक नेपाली घाइते अवस्थामा फेला परेका छन । माघ ७ गतेको दिन रेलको ठक्करबाट घाइते भएको अवस्था इलाम जिल्ला गजुरमुखी–८ ( हाल माङसेवुङ–१) घर बताउने मनबहादुर गुरुङ फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
रेलको ट्रयाक छेउमा अचेत अवस्थामा फेला परेका गुरुङलाई भारतिय नागरिकले फेला पारी उपचारको लागी अस्पतालमा भर्ना गरिदिएका छन । घाइते गुरुङको स्टेट हस्पिटल खडगपुरमा उपचार भइरहेको भारतिय सामाजिक कार्यकर्ता सयद आसिस अलीले बताए ।