Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

क्यान्सर पिडित सापकोटाद्धारा सहयोगको अपिल

क्यान्सर पिडित सापकोटाद्धारा सहयोगको अपिल

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन २० २०८०


क्यान्सर पिडित सापकोटाद्धारा सहयोगको अपिल

इलाम । प्राणघातक रोग क्यान्सरबाट पिडित इलाम माईजोगमाई–४ का कुलप्रसाद सापकोटाले सहयोगको अपिल गरेका छन् । उपचारमा धेरै रकम खर्च भएकाले थप उपचारका लागि उनले आर्थिक सहयोगको अपिल गरेका हुन् । बाँच्न रहर हुँदाहुँदै पनि रोगबाट ग्रसित भएका सापकोटा गत फागुन यता रोगसँग लडिरहेका छन् ।

उनले चितवन स्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । उनले पेट आन्द्रा आमाशयको क्यान्सर भएको भन्दै डाक्टरले भनेपछि उपचार गराइरहेको बताए । परिक्षण, अप्रेसन त्यसयता उनलाई हाल केमो चढाउनु परेको छ । ‘चिकित्सकले छ पटक केमु चढाउनु भनेको छ दुईपटक गराएँ अझै चारपटक बाँकी छ ।’ उनले थपे, ‘थप उपचारका लागि आर्थिक सबै सकिसक्यो ।’

एक पटक केमो चढाउन ६० हजार खर्च हुने गरेको उनले सुनाए । चितवनसम्म आउनेजाने र खानेमा समेत खर्च हुने गरेकाले आफ्नो भएको झिटी समाप्त भएकाले थप सहयोगका लागि सहयोगी मनहरुप्रति आफुले आश गरेको उनले बताए । हालसम्म माईगोजमाई गाउँपालिकाले ३० हजार, इलामका सहयोगी हातहरुबाट पाँच हजार र इलाम नगरपालिकाले तीन हजार सहयोग गरेको उनले बताए ।

सहयोगी मनहरुले सहयोग गर्नुभयो भने आफुहरुको उद्धार हुने क्यान्सर रोग पिडित सापकोटाका भाई गोपीकृष्णले बताए । उपचारमा कहिले छोरो त कहिले आफैँ जाने गरेको उनले बताए । एक महिना नबित्दै थप उपचारमा जानुपर्दा धेरै खर्च हुने गरेको उनले सुनाए ।

उनलाई सहयोग गर्न इच्छुक ब्यक्ति तथा संघसंस्थाले एक्सल बैंकमा रहेको खाता नम्वर कुल प्रसाद सापकोटा १०१२३०९२ मा सहयोग गर्न सकिने छ । सापकोटाले सहयोग गर्ने मनहरुले ९८४२७६७००५ मा सम्पर्क गर्न समेत सकिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार