Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा चियाका पुराना बोट हटाएर नयाँ रोपिँदै

इलाममा चियाका पुराना बोट हटाएर नयाँ रोपिँदै

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १८ २०८०


इलाममा चियाका पुराना बोट हटाएर नयाँ रोपिँदै

इलाम । इलाम सदरमुकामको चिया बगानमा पुनः चियाको बिरुवा रोप्न थालिएको छ । इलाम नगरपालिकाको पहलमा पुराना बिरुवा मासिँदै जान थालेपछि नयाँ बिरुवा रोप्न थालिएको हो । झण्डै १६० वर्ष पहिले प्रथम राणा प्रधानमन्त्री जंगबहादुरका ज्वाइँ गजराज सिंह थापाले इलाममा चियाको बिरुवा रोपेको बताइएको छ ।

इलाम सदरमुकाममा चिया रोपणको लामो समयपछि चियाका बोट मरेर खाली भएको जमिनले चियाबारीको सौन्दर्य समेतलाई असर परिरहेको थियो । चियाका बोट बुढो हुँदै मर्न थालेपछि पुरानै जातका बिरुवा खोजेर रोप्न थालिएको हो ।

इलाम नगरपालिकाले सहरको सौन्दर्य र आर्थिक उपार्जनका लागि भन्दै चिया रोपण सुरु गरेको हो । नेपाल चिया विकास निगमले लिजमा दिएको कम्पनीले खाली भएको जमिनहरुमा पुरानै जातको चियाको १० हजार बिरुवा रोपिनेछ ।

इलाम नगरपालिकाका प्रमुख केदार थापाले खण्डहर बन्दै गएको बगानलाई पहिलेकै अवस्थामा फर्काउने उद्देश्यले चिया रोप्न थालिएको बताए । नगरपालिका क्षेत्रमा चिया बगान मासिँदै र पुराना हुँदै गएपछि नयाँ बिरुवा रोप्न थालिएको हो ।

चियाका लागि इलामले ख्याति कमाएका कारण पनि यसको खेती बिस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार