Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर ३ को सहिद भुमि क्षेत्र देउराली बजार (तस्बिरहरु)

सन्दकपुर ३ को सहिद भुमि क्षेत्र देउराली बजार (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • मंगलबार, साउन १६ २०८०


सन्दकपुर ३ को सहिद भुमि क्षेत्र देउराली बजार (तस्बिरहरु)

सन्दकपुर । देउराली बजार सहिद भुमि र क्रान्तिको क्षेत्र हो । विश्व प्रशिद्ध माईपोखरीको दर्शनपछि तीन किलोमिटर उत्तरको यात्रा गर्दा पुगिन्छ देउराली बजार । सन्दकपुर गाउँपालिकाको प्रमुख प्रशासनिक केन्द्र देउराली बजार क्षेत्र सात खाल्डे सहिद भुमिका नामले समेत परिचत छ । अहिले देउराली बजार क्षेत्रलाई ढल तथा सडक सुधारको काम हुँदै आएको छ ।

प्रजातन्त्रका निम्ति सुरु भएको सशस्त्र संघर्षका क्रममा ७ जना प्रजातान्त्रिक योद्धाको हत्या भएको यो क्षेत्र सात खाल्डेका नाममा पनि चिनिन्छ । २०१९ सालमा सुरक्षा फौजले आफै खाल्डो खन्न लगाई त्यही खाल्डोमा प्रजातान्त्रिक योद्धाको हत्या गरेको थियो । देउराली बजारको नजिकै उत्तरपट्टि रहेको सात खाल्डेमा अहिले तीनै सहिदहरुको सम्झनामा स्मृति पार्क निर्माण गरिएको छ ।

आँखाको सामुन्ने गोलीबाट सन्तान गुमाउनुको पिडालाई जीवन्त तुल्याउन ६ दशक सम्म चट्टान काटेर विभिन्न आकृति बनाएका थिए । स्वर्गिय सुनुवारको घरपुग्दा लाग्छ हामी कुनै पुरातात्विकस्थलमा पुगेका छौँ । बुकि फुल्ने रुखो डाँडोमा रहेको स्वर्गीय सुनुवारको घर पर्यटक र राजनीतिशास्त्रको विद्यार्थीको अध्ययन केन्द्र बनेको छ ।
डम्बरसिंह सुनुवार सास्कृतिक संग्राहालय अघि बढेपछि हामी लोपोन्मुख वन्यजन्तुको प्रजनन् केन्द्र टप्पु पुग्नेछौँ । टप्पु प्राकृतिक रमणियताले भरिएको ठाउँ पनि हो । लोपोन्मुख जीव वन्यजन्तु वनस्पती १२ महिना फरक फरक मौसममा फुल्ने जंगली फुल र जडिबुटी पाइने टप्पु क्षेत्रलाई प्राकृतिक चिडियाखानाको रुपमा विकास गरिँदै छ । टप्पुबाट हिमाली दृश्यसँगै महाभारत पर्वतका अग्ला पहाड छिन्टापू र सन्दकपूरको दृश्यावलोकन गर्न सकिन्छ ।

घना जंगलमा रहेको टप्पुमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षणका लागि प्रजनन् केन्द्र निर्माण गरिएको छ । हिउँदमा बाक्लो हिमपात हुने टप्पुमा हिउँ खेल्न पनि पर्यटक पुग्ने गरेका छन् । हिउँ खेल्का लागि इलाम, झापाका आन्तरिक पर्यटक बढी मात्रामा पुग्ने गरेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार