Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नेपाल पत्रकार महासंघको सुद्धिकरण पूर्ण पालना गर्न प्रेश सेन्टरको माग

नेपाल पत्रकार महासंघको सुद्धिकरण पूर्ण पालना गर्न प्रेश सेन्टरको माग

  • सन्देस सम्बाददाता
  • मंगलबार, साउन ९ २०८०


नेपाल पत्रकार  महासंघको सुद्धिकरण पूर्ण पालना गर्न प्रेश सेन्टरको माग

विराटनगर । प्रेश सेन्टर नेपाल कोशी प्रदेश समितिले नेपाल पत्रकार महासंघको सदस्यता सुद्धिकरणको मापदण्ड पूर्ण कार्यान्वय गर्न माग गरेको छ । प्रेश सेन्टर नेपाल प्रदेश समितिको विराटनगरमा बसेको पदाधिकारी बैठकले नेपाल पत्रकार महासंघ प्रदेश समितिलाई सदस्यता सुद्धिकरण मापदण्ड पूर्ण कार्यान्वयन गर्न माग गरेको हो ।
प्रेश सेन्टर नेपाल कोशी प्रदेश समितिका अध्यक्ष विनोद घिमिरेको अध्यक्षतामा भएको बैठकले प्रदेशका कतिपय जिल्लामा मापदण्डको पालना भएकाले त्यसलाई छानविन गरि पूर्ण कार्यान्वयन गर्नुपर्ने जोडदार माग गरेको सेन्टरका प्रदेश सचिव इश्वर थापाले बताए ।
नेकपा माओवादी केन्द्र प्रदेश समितिका अध्यक्ष हर्क बहादूर नेम्बाङको प्रमुख आथित्यमा भएको बैठकमा, प्रदेश सचिव शुसिल उप्रेती, प्रेश सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश महासचिव विवेक गौतम, सेन्टरका केन्द्रिय उप–महासचिव राजन केडी, केन्द्रिय सचिव तथा महासंघका कोषाध्यक्ष विमल लामिछाने लगायतले संगठनले संघीयता कार्यान्वय, उपलब्धि र सरकारका गलत कामको आलोचनात्मक समाचार सम्प्रेसणका लागि बिषेश ध्यान दिन आग्रह गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार