इलाम । पहिचान, संघीयता र समृद्धिको लागि लिम्बुवान किरात जागरण अभियान २०८० अन्तरगत अन्तरक्रिया सम्पन्न भएको छ । प्रदेशको नाम कोशी खारेजीका लागि दबाब दिने उदेश्यले प्रदेश नम्बर १ पुनः नमाङ्कन सर्घष समितिको आयोजनामा अभिमुखिकरण तथा अन्तरक्रिया सम्पन्न भएको हो । अन्तरक्रियामा वेस्टर्न मिचिगन युनिभर्सिटी अमेरिकाका प्रा डा महेन्द्र लावती प्रमुख वक्ता रहेका थिए ।

प्रदेश नम्बर १ पुनः नमाङ्कन सर्घष समितिले आयोजना गरेको कार्यक्रममा पहिचानको आधारमा प्रदेशको नाम राखिनुपर्ने बताएका थिए । जनसंख्या र भुगोलका आधारमा मात्रै प्रदेश विभाजन नहुने भन्दै प्राध्यापक लावतीले स्वीजरल्याण्डमा १६ हजार जनसंख्या भएको पनि प्रान्त भएकाले नेपालको प्रान्त विभाजन सहि भएपनि नामाकरण पहिचानका आधारमा हनुपर्ने बताए ।
