सुर्योदय । नेपाली काग्रेसले विपि कोइरालको आदर्श र विचारबाट अघि बढ्न नसकेको एक कार्यक्रमका वक्ताले बताएका छन् । ४१ औ वी पी स्मृति दिवसको दिन सुर्योदय नगरपालिकामा आयोजित विचार गोष्ठिमा बोल्ने वक्ताले वी पिको विचारबाट नेपाली काग्रेस प्रशिक्षित हुन नसकेको बताएका हुन् ।
विचार गोष्ठिमा बोल्दै नेपाली काग्रेसका नेता केदार कार्कीले नेपालका बाम पार्टीहरुले विपिको स्मरण गरेपनि नेपाली काग्रेसका नेता कार्यकर्ताले बिर्सिएको बताए । नेपाली काग्रेसले स्मृति दिवसको दिन मात्रै नेपाली काग्रेसले सम्झिएको उनले बताए ।
कार्यक्रममा बोल्दै राजनीतिक बिष्लेषक पुरन्जन आर्चायले विपिको विचार र जीवनशैली नेपालीका लागि अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको बताए । विपिले सत्तामा बसेर पनि देश भरका जनतासँग सिधै सम्पर्क गर्न सक्ने र अन्तरक्रिया गर्ने व्यक्ति भएको बताए । हरेक संघसंस्था र व्यक्तिसँग छलफल गर्ने अनि समाजलाई डोहोर्याउन सक्ने आदर्श व्यक्ति वीपिको विचारबाट अघि बढे देश सम्वृद्धिको यात्रामा अघि बढ्ने आर्चायले बताए ।
जनताका कुरा, झुपडिका गुनासाहरु सुनेर समाधान गर्न सक्ने तागत विपिसँग मात्रै भएकाले अहिलेपनि हरेक नेपालीको मनमा वी पि कोइराला बस्न सफल भएको आचार्यले बताए । नेपाली कागे्रस इलाम क्षेत्र नम्बर १ का सभापति समसेर राईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति डम्बर खड्का, नेपाली काग्रेसका विभिन्न शुभेच्छुक संगठनका प्रतिनिधिहरुले आफ्ना कुरा राखेका थिए । विचार गोष्ठीको नेपाली काग्रेस क्षेत्रीय सचिव यमन लामाले संचालन गरेका थिए ।