Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माई खोलामा रमिलाको शव फेला

माई खोलामा रमिलाको शव फेला

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन ४ २०८०


माई खोलामा रमिलाको शव फेला

 माई । झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित माई खोलामा एक युवतीको शव फेला परेको छ । स्थानीयले बुधबार शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । माई खोलामा दाउरा झिक्न गएका स्थानीयले दाउरा सम्झेर युवतीको शव समाएका थिए । उक्त शव इलाम माई नगरपालिका–८ इलाम घर भएकी १६ वर्षीया रमिला शेर्पाको भएको खुल्न आएको छ ।

इलाम माई नगरपालिका–८ बाट मंगलबार बिहानदेखि ती युवती हराएकी थिइन् । खेलाडीकै जर्सीमा रहेकी युवतीको शव हराएको स्थानबाट झण्डै १५ किलोमिटर दक्षिण फेला परेको हो । मृतकको शवलाई पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार