Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

ब्राउन सुगर जस्तो वस्तुसहित कन्यामबाट दुई जना पक्राउ

ब्राउन सुगर जस्तो वस्तुसहित कन्यामबाट दुई जना पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन ३ २०८०


ब्राउन सुगर जस्तो वस्तुसहित कन्यामबाट दुई जना पक्राउ

इलाम : इलामको सूर्योदय नगरपालिका–६ कन्यामबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो बस्तुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा समाल्बुङका २१ वर्षीय प्रशिस खड्का र कन्यामका २५ वर्षीय समीर तामाङ रहेको इलाम प्रहरीले जनाएको छ ।

मेची राजमार्गमा यात्रु चेकजाँचका क्रममा बा २१ च ७९७१ नम्बरको कार चालक प्रशिस खड्कालाई चेकजाँच गर्दा लागु औषध भेटिएको प्रहरीले जनाएको छ । उनीहरुसँगै तीन ग्राम ३८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिन पदार्थ भेटिएको छ । अनुसन्धानका लाग इप्रका पशुपतिगनरमा राखिएको प्रहरी निरिक्षक सन्तोष राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार