इलाम । विपद् पर्दा र अन्य समयमा पनि नजिकको सहयोगी निकाय हो नेपाली सेना । नेपाली सेना अहिले सामाजिक कार्यमा पनि उतिकै सक्रिय बन्दै गएको छ । इलाममा रहेको रणशार्दूल गणले माइखोलामा रहेको माई भगवती बृद्धा आश्रममा सहयोग गरेको छ जस्ले गर्दा साहारा बिहिन बृद्धबबृद्धालाई दुखमा मलमपट्टी भएको छ ।

आश्रममा रहेका १४ जना बृद्धबबृद्धालाई दुखमा मलमपट्टी गर्ने उदेश्यले १६ थान दराज सहयोग गरेको रणशार्दूल गण इलामका गणपती शुनील सुबेदीले बताए । नेपाली सेनाले बिपद्को समयमा गरेका मानवीय तथा सामाजिक कार्यले गर्दा हाम्रो देशमा साँच्चै सेना आवश्यक रहेको वृद्धवृद्धाले बताएका छन् ।

पछिल्लो समयमा नेपाली सेनाले नेपालका ठुलठुला सडक आयोजना निमार्ण देखि सामाजिक कार्यका साथै विभिन्न क्षेत्रमा निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका कारण पनि नागरिक र सेना बिचको सम्बन्ध नजिकको बन्दै गएको छ ।

नेपाली सेना विगत भन्दा बर्तमानमा परिमार्जित रूपमा आम नागरिक सँगको सम्बन्ध प्रगाढ बनाउनका साथै सामाजिक कार्यमा पनि सहभागिता जनाउने गरेकोले पनि समाजमा नेपाली सेनाको महत्ब बढ्दै गएको हो ।
