Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलामका उत्कृष्ट २ स्वास्थ्य चौकीमा सन्दकपुर गाउँपालिकाको माईमझुवा स्वास्थ्य चौकी

इलामका उत्कृष्ट २ स्वास्थ्य चौकीमा सन्दकपुर गाउँपालिकाको माईमझुवा स्वास्थ्य चौकी

  • सन्देश सम्बाददाता
  • सोमबार, साउन १ २०८०


इलामका उत्कृष्ट २ स्वास्थ्य चौकीमा सन्दकपुर गाउँपालिकाको माईमझुवा स्वास्थ्य चौकी

सन्दकपुर । इलामका उत्कृष्ट २ स्वास्थ्य चौकीमा सन्दकपुर गाउँपालिकाको २ स्थित माईमझुवा स्वास्थ्य चौकी सम्मानित भएको छ । स्वास्थ्य चौकीहरुको आधारभूत न्युनतम सेवा मापदण्ड अनुसार उत्कृष्ट २ स्वास्थ्य चौकीमा सन्दकपुर गाउँपालिकाको २ स्थित माईमझुवा स्वास्थ्य चौकी सम्मानित भएको हो ।

गत आर्थिक बर्ष २०७९र८० मा स्वास्थ्य चौकीले सुशासन ब्यवस्थापन , क्लनिक ब्यवस्थापन र सहयोग सेवा ब्यवस्थापन गरी ४०० बढी इन्डिकेटर मध्ये उत्कृष्ट सेवा प्रवाह गरेको मुल्याङका आधारमा जिल्ला स्वास्थ्य कार्यालय इलामले माईमझुजा स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ठ घोषणा गरेको हो ।

निर्धारण गरिएको इन्डिकेटर मध्ये जम्मा १०० अंकमा अन्तु स्वास्थ्य चौकीले ८० अंक बढी प्राप्त गरी जिल्लाको उत्कृष्ट २ मध्ये माईमझुवा स्वास्थ्य चौकी सम्मानीत भएको हो । गाउँपालिका स्वास्थ्य शाखाको सिफारिसमा जिल्ला स्वास्थ्य कार्यालयले उत्कृष्ठ काम र अंकको आधारमा छनौट गरी एक कार्यक्रममा माईमझुवा स्वास्थ्य चौकीलाई सम्मान समेत गरेको हो।

स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले स्वास्थ्य निर्देशिका बमोजिमका मापदण्डको सफल कार्यान्वयन गरी नागरिकको पहुँच पुग्ने गरी काम गर्ने स्वास्थ्य चौकीलाई उत्कृष्ट घोषणा गरी सम्मान गर्ने कार्यक्रम अनुसार माईमझुवा स्वास्थ्य चौकीलाई उत्कृष्ठ घोषणा गरिएको जानकारी दिए । गाउँपालिकाले माईमझुवा स्वास्थ्य चौकीमा ल्याव सेवा, भवन मर्मत, रङरोकन गरी न्यूनतम सेवामा आवश्यक पर्ने औजार र औषधीको समेत पूर्ण रुपमा ब्यवस्थापन गरेको थियो ।

स्वास्थ्य मापदण्ड पुरा गर्न गाउँपालिकाले  एक्सन प्लान बनाएर काम गरेको र स्थानीय जनप्रतिधि, स्वास्थ्य ब्यवस्थापन समिति र स्थानीयले समेत उल्लेखीय भूमिका खेल्दा माईमझुवा स्वास्थ्य चौकीलाई जिल्लाकै उत्कृष्ट बनेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मनोज यादवले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार