फाकफोकथुम । रोजगारीको अभावले धेरै युवा वैदेसिक रोजगारीमा जाने गरेका छन् । तर इलामको फाकफोकथुम गाउँपालिका २ निवासी हरि बस्नेतले वैदेशीक रोजगारीबाट फर्किएर व्यवसायीक पशुपालनबाट कतार भन्दा बढी आम्दानी गरिरहेका छन् ।
फाकफोकथुम गाउँपालिका २ का हरि बस्नेत रोजगारीका लागि कतार गए । कतारको चर्को घाममा काम गर्दा बिरामी भएपछि २ वर्षमा नै नेपाल फर्किए । नेपाल फर्किएर १२ वर्ष गाडी ड्राइभर काम गरेका हरि बस्नेत अहिले व्यवसायीक पशुलानमा जमेका छन् ।
फाकफोकथुम गाउँपालिका २ स्थित धार्नेखोप गाउँमा बस्नेतले गोठ सुधार गरि उन्नत जातिका गाई भैसी पालन गर्दै आएका छन् । बस्नेतको गोठमा उन्नत जातका ३ माउ भैसी र ४ माउ गाई छन् । गाई भैसीको गरेर दैनिक ८० लिटर दूध डेरीमा बिक्रि गर्दै आएको हरि बस्नेतकी श्रमति कमलादेवीले बताइन् ।
८० लिटर दूध २ भैसी र २ गाईको मात्रै हो । सबै गाईभैसी दुहुना हुँदा दैनिक डेढ सय लिटर दूध बिक्रि हुने गरेको छ । बस्नेत परिवारले दूध बिक्रिबाट मासिक १ लाख २० हजार समाउने गरेका छन् । गाई भैसीलाई महिनामा ५० हजारसम्मको दाना, ब्रान, उपचारमा खर्च हुने गरेपनि बाँकी बचत हुन्छ ।
१३ लाख लगानीमा शुरु भएको बस्नेत परिवारको व्यवसायी पशुपालन देखेर गाउँलेपनि गाईभैसी पालनप्रति आकर्षित भएका छन् । शुरुवातका ३ वर्ष गाह्रो भएपनि अहिले आम्दानी राम्रो भएको हरि बस्नेतले बताए ।
बस्नेत परिवारको व्यवसायीक गाईभैसी पालनलाई प्रोत्साहान गर्न प्रदेश सरकारले ५ लाख रुपैँया अनुदान दिएको थियो । अनुदानबाट बस्नेत परिवारले गोठ सुधार गरेका थिए । गाईभैसी पालनका लागि बस्नेतले आफ्नो २० रोपनी जग्गामा उन्नत जातका घाँस खेती गरेका छन् ।
आफ्नो जग्गाको घाँसले नपुगेर बस्नेतले १ लाखसम्मको घाँस पराल खरिद गर्दै आएका छन् । गाई भैसीसँगै बस्नेतको गोठमा उन्नत जातको बाख्रापालन गरिएको छ । फाकफोकथुम गाउँपालिकाले आफ्नो आम्दानीको श्रोत पनि पुशपालनलाई बनाएको छ । ६० प्रतिशत बढी पालिकाबासीहरु पशुपालनबाट आफ्नो घरखर्च धान्ने गरेकाले पशुपालन लक्षित प्रवद्र्धनका कार्यक्रमहरु संचालन गरिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।