इलाम । नेकपा माओवादी केन्द्रको सल्लाहकार सीता दाहालको निधनमा इलाममा श्रद्धाञ्जली अपर्ण कार्यक्रम गरिएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति इलामले श्रद्धाञ्जली तथा समवेदना कार्यक्रम गरेको हो । पार्टी कार्यालय इलाम नगरपालिका–७ नारायणथानमा स्वर्गिय दाहालको तस्बिरमा माल्यापर्ण गर्दै श्रद्धाञ्जली दिइएको छ ।
जिल्ला सचिव शान्ता बस्नेत, प्रदेश सदस्य प्रभाश शर्मा , विद्यार्थी फ्रयाक्सन इन्चार्ज गञ्जु प्रधान विद्यार्थी इन्चार्ज, नगर अध्यक्ष विक्रम लिम्बु नगर अध्यक्ष, अनेमसंघ नगर अध्यक्ष रञ्जिता जिमी, नविन राय लगायतको उपस्थिती रहेको थियो ।
प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको थियो ।
दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो।
