इलाम । इलाममा गएरातिदेखि ठूलो वर्षा भइरहेकोे छ । ठूलो वर्षा भएकाले बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बर्षा हुने क्रम कम हुँदै गएपछि अहिले बाढीको सतह समेत घट्दै गएको छ । कन्काई मैनाचुली बाढी मापन केन्द्रका अनुसार जलसतह घटने क्रममा रहेको छ । विहान ५ बजेको समयमा बाढीको सतह २.८८ रहेको अपराहन्न १२ बजे घटेर २.४६ मा आएको छ ।
नेपाली बाढी सुचना केन्द्रका अनुसार कन्काईको जलसतह पर्सी (असार ३०) सम्म उल्लेख्य बढ्ने देखिएको छ । केन्द्रका अनुसार कन्काई, तमोर, अरुण लगायतका नदीका स–साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बाढी हुन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यस्तै आज राति पनि कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना देखिएको छ। हिजो आज र मनसुन सक्रिय रहे पनि भालिदेखि भने घट्दै जाने मौसमविद् बिनु महर्जनले बताए ।
https://www.dhm.gov.np/hydrology/hms-Single/238