इलाम । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय, इलामले हरिहर देव पन्त स्मृति छात्रवृत्ति पुरस्कार, बितरण गरेको छ । संस्थाको बिभिन्न केन्द्र अन्तर्गत समूहमा आवद्ध भएका सदस्यको छोरा र छोरी मध्येबाट २०७९ सालको माध्यमिक तहको वा हालको शैक्षिक तहगत सरचना अनुसार कक्षा १२, मा उत्कृष्ट अङ्क हासिल गर्ने १ जना छात्र,र १ जना छात्रालाई जनही १०/१० हजारका दरले छात्रवृति रकम प्रदान गरेको हो ।
छात्रतर्फः माईजोगमाई गाउपालिका वडा न. ०५ का निशान तिम्सिना र छात्रातर्फ इलाम नगरपालिका वडा ११ सोयाककी बन्दना फागोलाई छात्रवृत्ति रकम तथा प्रमाणपत्र बितरण गरिएको हो । उनीहरुलाई लघुवित्तका इलामका शाखा प्रमुख मदनराज अन्छङ्बोले छात्रवृति रकम र सम्मानपत्र प्रदान गरे ।
यस संस्थाले इलाम जिल्लामा बिगत १५ बर्ष अघि नै शाखा कार्यालय स्थापना गरी ग्रामीण क्षेत्रहरुमा १३५ वटा केन्द्र गठन गरि गर्दै कर्जा प्रवाहको कार्य गदैै आएको छ ।
७७ जिल्लामै कार्य क्षेत्र रहेको र १८८ वटा शाखा कार्यालय अन्तर्गत हरेक शाखा कार्यालयबाट १ जना छात्र र १ जना छात्रालाई जनही रकम १०, १० हजारका दरले हरिहर देव पन्त्त स्मृति छात्रवृत्ति रकम बितरण गर्दै आएको छ ।