इलाम । सरकारले सम्बन्धित पक्ष संग नसोधी नै सुर्य पञ्चाङग अनुसार माघ ४ लाई सोनाम ल्होसारमा छुट्ट्ी गरिएकोमा नेपाल तामाङ घेदुङ केन्द्रिय कार्य कारिणी समितीले आपत्ती जनाएको छ ।
चन्द्र पञ्चाङग अनुसार तेह्र महिनाको वर्ष भएको हुदा तामाङगहरुको नयाँ वर्ष पर्व ल्होसार फागुन ४ लाई विदा दिनुपर्ने नेपाल तामाङ घेदुङ जिल्ला कार्य कारिणी समिति इलामका सचिव एवम नेपाल तामाङ विद्यार्थी घेदुङ प्रदेश १ प्रमुख इश्वरी तामाङले जानकारी दिए ।
नेपाल तामाङ घेदुङको नेपालका ज्यातिषविद्य खेम्पो सोनाम ग्यमे तामाङ द्धारा तयार पारिएको मञ्जुश्री तत्व ज्यातिष संक्षिप्त पात्रोमा २०७४ असार ११ गते देखि श्रावण ७ गते सम्म (मलमाँस) छुइ पा लुग क्षा रहेको र तह्रौ महिना परेको कारणबाट सुर्य पञ्चाङगमा सदा झै माघ महिनाको प्रतिपदामा सोनाम ल्होसार पर्न गएको सन्दर्भ नेपाल तामाङ घेदुङ इलामका सल्लाहकार खेम तामाङले बताए ।
घेदुङले माघ ४ गते को छुट्ट्ी खारेज गरी फागुन ४ मा सार्न ज्ञापन पत्र मार्फत आग्रह गरेको छ ।