इलाम । इलाम नगरपालिका ४ को समाजिक कार्यक्रम अन्तरगत नवजात शिशुलाई १ हजार नगद प्रदान गरि बैंकमा खाता खोलिएको छ । वडा कार्यालयमा भएको कार्यक्रममा ३२ जना नवजात शिशुलाई प्राइम बैंक बिब्ल्याँटे शाखासँग समन्वय गरि नजजात शिसुको नाममा खाता खोलिएको हो ।
नवजात शिसुको खाता खोल्दा जनहि १ हजारका दर रकम वडाले जम्मा गरिदिएको वडा अध्यक्ष नुतनदेव दुलालले बताए । सामाजिक विकास कार्यक्रममा आधारित रहेर आव २०७९र०८० नव जात सिशुलाई बैकमा खाता खोलि वडा कार्यालयले अभिभावलाई बचत सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको हो ।
