Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलामका साहित्यकार अज्ञातलाई गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार

इलामका साहित्यकार अज्ञातलाई गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार

  • सन्देश सम्वाददाता
  • बिहिबार, असार २१ २०८०


इलामका साहित्यकार अज्ञातलाई गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार

इलाम । सृजनशील अराजकता अभियानकर्मी एवम साहित्यकार हाङयुग अज्ञातलाई गोपाल प्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७९ प्रदान गरिने घोषणा भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको असार २० गते बसेको मन्त्री स्तरिय निर्णयबाट इलामका अज्ञातलाई काव्य विधामा पुरस्कृत गरिने भएको हो ।

अज्ञातसंगै मोरङका युवराज घिमिरेलाई नाटक विधाबाट पुरस्कृत गरिने भएको छ । अज्ञात साहित्यिक आन्दोलन सृजनशील अराजकताका एक अभियानकर्ता हुन् । करिब दुई दशक अगाडि राजन मुकारुङ र उपेन्द्र सुब्बासंग सृजनशील अराजकता नामबाट साहित्यिक आन्दोलन अगाडि बढाएका थिए ।

‘रंगिन आविष्कार’, ‘ढुंगामुढाको मन’ र ‘करङको हिरासत’ कविता संग्रह बजारमा ल्याइसकेका हाङयुग लामो समय हङकङ बसेर नेपाल फिरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार