फाकफोकथुम । फाकफोकथुम चार साबिक फुएतप्पामा सतरी प्रतिशत धान खेती योग्य जमीन भए पनि यसपालि खेतिपाती गर्ने काम भएको छैन । खेती गर्ने कामको शुरूवात गर्ने समय भए पनि पशुहरूमा लाग्ने रोग लम्पि स्किन महामारीले गाई गोरू बिमारी तथा मर्ने क्रम जारी भएकोले समयमै धान खेती गर्न हल गोरू नपाउने समस्याले किसानहरू चिन्तित भएका छन् । किसानले हाते ट्रयाक्टर मेसिन लाउन बाध्य भएको किसान कृष्ण पौडेलले बताए ।

खेत जोत्न हल गोरु नपाउने समस्या भइरहेको बेला हाते ट्रयाक्टर अप्रेटर बिनोद मार्घाली मगरले किसानहरूको माग अनुसार प्रति घण्टा एक हजारले खेत जोतिदिने बताउनुहुन्छ।हाते ट्रयाक्टर अप्रेटर बिनोद मार्घाली मगरले बताए । मगरले दिनमा छ सात घण्टासम्म खेत जोत्ने गरेको जोते अनुसार दिनमा सबै खर्च कटाएर सरदरमा चार हजारसम्म दिनमा कमाउने बिनोद मगरले बताए ।
यसैगरी अर्का हाते ट्रयाक्टर अप्रेटर ख्याम लिम्बु भन्नुहुन्छ किसानहरूको माग अनुसार चार घण्टादेखि सात घण्टासम्म खेत जोत्ने गरेको बताए । बिदेशबाट फर्किए पछि लगातै हाते ट्रयाक्टर किनेर रोजगारी पाएको ख्याम लिम्बुले बताए । अहिले हाते ट्रयाक्टरबाट मनग्य आम्दानी भएको र घर परिवार खर्च गर्न सजिलो भएको बताए । हाते ट्रयाक्टर अनुदान वाडाले बितरण गर्दा बास्तविक सबै किसानहरूले नपाएक कारण समस्या भएको छ ।