Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम गाउँ पालिकाकाे ओखले छाङ्गा खानेपानी योजना अलपत्र

फाकफोकथुम गाउँ पालिकाकाे ओखले छाङ्गा खानेपानी योजना अलपत्र

  • लिला सुब्बा
  • बुधबार, असार ६ २०८०


फाकफोकथुम गाउँ पालिकाकाे ओखले छाङ्गा खानेपानी योजना अलपत्र

फाकफोकथुम । इलामको पश्चिम क्षेत्र फाकफोकथुम गाउँ पालिका साविक फुएतप्पा लिम्बु गाउँमा अवस्थित ओखले छाङ्गा खानेपानी योजना पूरा नहुँदै बिचैमा अलपत्र भएको छ।
तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत जिल्ला बिकास समिति इलाम मार्फत सञ्चालनमा रहेको आब २०७२र७३ बिनियोजित तिन लाख तथा जनसहभागिता ४० हजार ७सय ३८ बराबरको श्रमदान मार्फत खानेपानी इन्टेक र पाइप लाइन खन्ने काम शुरु भएको हो । आयोजनाबाट पाइप खरिद गरी तीस घर धुरीलाई खानेपानी गराउनु पर्ने थियो तर स्थानीय सरकार आइसकेपछि योजना सम्पन्न नहुँदै ओखले छाङ्गा खानेपानी अलपत्र भएको तत्कालीन खानेपानी आयोजनाका उपोभोक्ता सचिव खगेन्द्र लिम्बुले बताए।


यस ओखले छाङ्गा खानेपानी आयोजना के कारणले रोकिएको भनेर रायसुझाव बुझ्न स्थानीय सरकार आइसकेपछि जिल्ला समन्वय समिति इलामका तत्कालीन समयका अदक्ष्य गणेश बराल सित बुझ्न खोज्दा इलाम जिल्ला भित्र शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तर्गत सञ्चालित बिकाश आयोजना रहेका इलाम जिल्ला मात्रै १५देखि १६वटा अलपत्र अवस्थामा रहेकोले यस्ता योजना सम्पन्न गर्नको लागि हामीले जहाँ जहाँ योजना सम्पन्न गर्न बाँकी रहेकाहरूमा फाइल गाउँ पालिका तथा नगरपालिकामा पठाई दिन्छौं अनि समन्वय गरेर सम्पन्न गराउनु होला भनेर आश्वासन दिए ।

आश्वासन दिए लगातै फाकफोकथुम गाउँ पालिका तत्कालीन समयका उपाध्यक्ष सरस्वती शुरू राईलाई ओखले छाङ्गा खानेपानी योजना सम्पन्न गर्न योजना पूरा गर्न आश्वासन बाडे  तर आश्वासन दिँदा दिदैँ पाँच वर्षे कार्यकाल पुरा गरे । अहिले दोस्रो पटक स्थानीय सरकार बदलिए पनि आजसम्म यस ओखले छाङ्गा खानेपानी आयोजना सम्पन्न गर्न जनप्रतिनिधिहरू आखाँ नपुग्दा यस क्षेत्रको तिस घर धुरी रहेका उपोभोक्ताहरूले जव बर्षा याम शुरू हुन साथ आधा घण्टाको लामो बाटो हिडेर नजीकै रहेको धारा कुवा बाट पानी बोकेर पिउन बाध्य भएको उपोभोक्ता समिती सदस्य गंगा राम लिम्बुले गुनासो  छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार