सूर्योदय । विश्व संङ्गीत दिवस लोकप्रिय गायक कुबेर राईको घरमा मनाइएको छ । इलाम साहित्य सस्कृति कला प्रतिष्ठानको आयोजनामा विश्व संंगीत दिवश गायक राईको सूर्योदय नगरपालिका ३ स्थित घरमा मनाइएको हो । गायक राईको पुर्ण स्वस्थ्य लाभको कामना सहित प्रतिष्ठानले दिवश मनाएको साहित्यकार कविता राई गाउँलेले बताइन् । कार्यक्रममा साहित्यकार र सङ्गीतकर्मीको उपस्थिति रहेको थियो । इलाम साहित्य सस्कृति कला प्रतिष्ठानका अध्यक्ष देवी गौतमको अध्यक्षतामा भएको कार्यक्रममा गायक कुवेर राईलाई सम्मान समेत गरिएको हाे ।
