Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुर ४ मा महिला सञ्जाल गठन

सन्दकपुर ४ मा महिला सञ्जाल गठन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार १ २०८०


सन्दकपुर ४ मा महिला सञ्जाल गठन

माबु । इलामको सन्दकपुर गाउँपालिका ४ मा महिला सञ्जाल गठन भएको छ । सन्दकपुर गाउँपाथिेवलका कार्यपालिका सदस्य नरमाया थवेको अध्यक्षतामा  सन्दकपुर ४ का वडाध्यक्ष ढाल बहादूर गुरुङ्गको प्रमुख आथित्यतामा भएको कार्यक्रममा ११ सदस्य समिति गठन भएको छ ।


वडाका १ सय बढी महिलाहरुको उपस्थितिमा भएको कार्यक्रमले मेनुका गुरुङ्गको अध्यक्षतामा ११ सदस्य महिला सञ्जालको समिति गठन भएको छ । उपाध्यक्षमा गिता राई, सचिवमा रमा राई, सह सचिवमा पूर्णमाया गुरुङ्ग र कोषाध्यक्षमा मुना दियाली चयन भएका छन् । सदस्यहरुमा फुललमु सेर्पा, सपना लिम्बु, पासाङ सेर्पा, विपना लिम्बु, सुनिता लिम्बु र आइतमाया सुब्बा चयन भएका छन् ।

कार्यक्रममा महिला सञ्जाल पालिका समितिको सचिव तुलसा गिरि खवासले महिला सञ्जाल गठन औचित्य र भावि योजनाका बारेमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष ढाल बहादुर गुरुङ्गले महिलाहरुको सक्रियातामा मात्रै देशको अर्थतन्त्र विकासका सहयोग पुग्ने बनाएका थिए । उनले विकाश निर्माणको हरेक तह र तप्कामा महिलाको सहभागिता आवश्यकता रहेको वडाध्यक्ष गुरुङ्गले बताए ।

कार्यक्रममा महिला सञ्जालकी सिद्धिार्थ राई, सविता गुरुङ्ग र ऋतुमाया मगरले महिलाको सक्रियता बढेमा देशको अर्थतन्त्र विकास हुने बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार