Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ

सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, असार १ २०८०


सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ

फिक्कल : सहकारीको रकम ठगेको आरोपमा इलाम नगरपालिका ६ का बेदनिधी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ । सानिमाई चिया उत्पादन सहकारी संस्थाको ब्यवस्थापक रहँदा लाख ६३ हजार पाँच सय ३६ रुपैया हिनामिना गरेको भन्दै पोख्रेललाई पक्राउ गरिएको हो ।

सानिमाई सहकारी संस्थाका अध्यक्षले जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएपछि प्रहरीले पोख्रेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रदिप सुवेदीले जानकारी दिए । नियन्त्रणमा लिइएका पोख्रेल माथी अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

सहकारी संस्थाले चिया उद्योग समेत सञ्चालन गरेको छ । सोही उद्योगको प्रशोधित चिया बिक्रिका क्रममा रकम हिनामिना गरेको सहकारीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार