चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा भूमी आयोग जिल्ला समिति इलामले एक समारोहका बिच सुकुम्वासी,अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण भएको छ ।

भुमि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीको प्रमुख आथित्यतामा सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको थियो । भुमि आयोगका अध्यक्ष भक्त केसिको अध्यक्षतामा भएको कार्यक्रममा सुकुम्बासीलाई पुर्जा बितरण प्रकृयाको थालनी गरिएको हो । कार्यक्रममा भुमि आयोग केन्द्रीय अध्यक्ष केसव निरौला उपाध्यक्ष नयन्द्र खड्का, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, चुलाुचली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा २३ परिवारलाई पुर्जा वितरण गरिएको थियो ।