सन्दकपुर । अपाङ्गता रोकथाम तथा पुन स्थापना कार्यक्रम अन्तरगत इस्टेचर वितरण गरिएको छ । सन्दकपुर वडा नम्बर २ का अध्यक्ष समन राईको अध्यक्षतामा भएको कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्टेचर वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गको प्रमुख आथित्यतामा आमा समुहमार्फत संचालन गर्ने गरि स्वयमसेविकाहरुलाई स्टेचर वितरण गरिएको हो । गाउँपालिकाको बजेटबाट स्टेचर विरतण गरिएको हो ।
स्टेचर वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले सेवा रामकायो प्रदान गर्न स्वयमसेवीकाहरुलाई आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै वडाध्यक्ष सनम राईले सबैलाई सेवा प्रभाव गर्ने हिसावले काम गर्न स्वयमसेविकाहरुलाई अनुरोध गरेका थिए । कार्यक्रममा सन्दकपुर गाउँपालिका स्वास्थ्य शाखा संयोजक मनोझ कुमार धुरझार, वडासदस्यहरु गगुोमा विश्वकर्मा, बम बहादुर गुरुङ्ग, कृष्ण कुमार गुरुङ्ग, स्थानीय समाजसेवी ओम बहादुर गुरुङ्गको उपस्थिति रहेको थियो ।