Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

गर्मीका कारण माई र चुलाचुलीका विद्यालय बिदा

गर्मीका कारण माई र चुलाचुलीका विद्यालय बिदा

  • तेजबहादुर घिमिरे
  • सोमबार, जेष्ठ २२ २०८०


गर्मीका कारण माई र चुलाचुलीका विद्यालय बिदा

माई । बढ्दो गर्मी र अत्याधिक तापक्रमको कारण इलामको माई नगरपालिका र चुलाचुली गाउँपालिकाको विद्यालयहरु बिदा भएका छन् । दुवै पालिकाका शिक्षा शाखाले सुचना जारी गर्दै विद्यालय बिदा गराएका छन् । माई नगर शिक्षा शाखा प्रमुख सीतादेवी लावतीले सुचना जारी गर्दै बालबालिकाहरुको स्वास्थ्यमा असर पर्ने सम्भावना भएकाले जेठ २२ गतेबाट २४ गतेसम्म हिउँदे वा वर्खे विदाबाट कट्टा हुने गरी विद्यालय बन्द रहने जानकारी दिएकी छन् ।

चुलाचुली गाउँपालिका शिक्षा शाखाको सुचना अनुसार बिधालय थप ४ दिन बन्द हुने भएको छ । अघि जेष्ठ १९ देखि २१ सम्म बिदाको सुचना प्रकाशित भएको थियो । अभिभावकहरुको माग र बिद्यार्थीहरुको स्वास्थ्यमा पर्ने प्रतिकुल असरको सम्भावनाका कारण बन्द गरिएको शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्रले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार