फिक्कलः राष्ट्रपति कार्यालयबाट प्रमाणीकरण भएको नागरिकता विधेयक विरोधमा शुक्रवार फिक्कल चोक बजारमा बिरोध प्रदर्शन भएको छ। नेकपा एमाले सूर्योदय नगर कमिटी र युवा संघको संयूक्त आयोजनामा नागरिकता विधेयक प्रमाणीकरण विरूद्द मशाल विरोध र्याली कार्यक्रमको आयोजना गरिएको थियो ।
नेकपा एमालेलेको पार्टी कार्यालयबाट शुरु भएको र्याली जुलुस चोक बजारमा आएर कोण सभा गरेको थियो । सभालाई सम्बोधन गर्दै नेकपा एमाले नगर कमिटी अध्यक्ष दुर्गादेवी भट्टर्राईले राष्ट्रपतिबाट नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नु कानुन विपरीत भएको बताइन् ।
अन्याय र अत्याचारको निमित्त नेकपा एमाले सँधै अग्रसर रहने र खबरदारी गरिरहने भट्टराईले बताइन् । कोण सभालाई जिल्ला कमिटी सदस्य सुजन नेपाल, युवा संघ इलामका अध्यक्ष मोहन दोर्जे कागते लगायतका नेताले सम्बोधन गरेका थिए ।