Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सिटिजन इन्स्योरेन्सले घातक रोग बापत २० लाख हस्तान्तरण

सिटिजन इन्स्योरेन्सले घातक रोग बापत २० लाख हस्तान्तरण

  • बुद्धमाया सोङ्मी
  • शुक्रबार, जेष्ठ १९ २०८०


सिटिजन इन्स्योरेन्सले घातक रोग बापत २० लाख हस्तान्तरण

इलाम । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी इलामले क्यान्सर पिडितलाई जीवन बिमा बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले घातक रोग क्यान्सर पिडित मनोहर तामाङलाई १९ लाख २७ हजार ९९६ रुपैया हस्तान्तरण गरेको हो । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चेक हस्तान्तरण गरेका हुन् ।

घातक रोग बापत २० लाख मध्ये नियम बमोजिम कर कट्टि गरेर रकम हस्तान्तरण गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स इलाम शाखा प्रमुख नविन रायाको अध्यक्षता भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष विप्लब भट्टराई, होटल एसोसिएसन इलाम अध्यक्ष देवि पौडेल इलाम जिल्ला बुद्धिचाल संघका सचिब विक्रम लिम्बु, एसवीआई बैंक इलाम शाखा प्रमुख मिलन श्रेष्ठ, नेको इन्स्योरेन्सका बजार ब्यबस्थापक मन कुमार तामाङ, सिद्धार्थ प्रीमियर इन्स्योरेन्सका शाखा प्रमुख प्रदिप दाहाल,सिम्रीक साकोस इलामका शाखा प्रमुख दिपेन भट्टराई, समाजसेवी अशोक प्रधान, फरक आयामका अभियान्ता बलिन्द्र योङ्हाङ लगायतको उपस्थिती रहेको थियो ।

विमितले चेक ग्रहण गर्दै आफुलाइ उपचारमा अत्यन्तै सहयोग पुगेको र आर्थिक मन्दिको परिस्थितिमा आफुलाइ ठुलो सहयोग पुगेको उल्लेख गर्दै जीवन विमा गर्न सबैलाइ आग्रह गरेका थिए । प्रमुख अतिथिले श्रवण कुमार पोख्रेलले जीवन विमा गर्दा विपतमा सहयोग पुग्ने, बचत हुने, नानिहरुको अध्ययनको लागि महत्वपूर्ण भुमिका खेल्ने र एजेन्सिहरुलाइ रोजगारीको अवसरका साथै राज्यलाइ समेत महत्त्वपूर्ण ठुला राष्ट्रिय गौरवका योजना सम्पन्न गर्न महत्वपुर्ण भुमिका खेल्ने भएकोले सबैले जिवन विमा गर्नु पर्नेमा जोड दिए ।

पत्रकार महासंघ अध्यक्ष विप्लब भट्टराईले सवै पत्रकारलाइ समेत बीमा बारे जागरण गर्ने आवश्यक रहेको उल्लेख गरे । । कार्यक्रममा कम्पनीका इलाम प्रमुख रायाले कम्पनीको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको संचालन प्रकाश परियारले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार