विराटनगर । पूर्वाधार निर्माणमा पछि परेको मोरङको क्षेत्र नम्बर ६ मा संघीय सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेटमा प्राथमिकता पाएको छ । संघीय सरकारबाट कमैमात्र पूर्वाधार निर्माणका योजनाहरु छनौट हुने यहाँ कोशी प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्यको पहलपछि आर्थिक बर्ष २०८०र२०८१ को बजेटमा थुप्रै योजनाहरु समावेश भएका छन् । मन्त्री आचार्यले प्रधानमन्त्री प्रचण्डलाई आगामि आर्थिक वर्षमा यो क्षेत्रको बिकासका लागि प्राथमिकताका साथ बजेट बिनियोजन गर्न पटक÷पटक आग्रह गरेका थिए ।
जस अनुसार विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन गरेको कुरा आगामि आर्थिक वर्षको बजेटमा समेटिएको । सरकारले विराटनगर विमानस्थलको स्तरउन्नतीका लागि बजेट बिनियोजन गरेको छ । सरकारले विमानस्थलबाट विस्थापित हुनेहरुलाई पहिलो मुआब्जाको रकम ब्यावस्था गरेर मात्र जग्गा अधिग्रहण गर्ने योजना बनाएको छ ।
त्यस्तै विराटनगरको चक्रपथ र कोशी अंचल अस्पतालको स्तर उन्नतीका लागि समेत बजेट बिनियोजन भएको छ भने पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजका रुपमा कोशीअंचल अस्पताललाई उपयोग गर्ने गरि बजेट बिनियोजन भएको मन्त्री आचार्यका स्वीकय सचिव इश्वर आचार्यले बताए ।
बुढी खोला, केसलिया र गछियो खोलाको तटबन्ध निर्माणका लागि पनि बजेट बिनियोजन भएको छ । त्यसैगरि हरेक सरकारी विद्याुलयमा नगर क्षेत्रमा डिजिटल बोर्डको ब्यावस्था गरिने भएको छ भने प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरउन्नतीका लागि समेत बजेटको ब्यावास्था भएको छ ।
सडक पूर्वाधार, मठमन्दिर, घाट, मदरसा, थारु संग्राहालय निर्माणका लागि समेत बजेट छुट्टिएको छ । संग्रालय, क्षेत्रीय विमानस्थल, रिङरोड लगायतका विकासका लागि बजेट विनियोजन भएको छ । मोरङ ६ विकासका दृष्टिले धेरै पछि परेको र आगामि वर्षको बजेट बिनियोजनका लागि पटक पटक पहल भएपछि संघीय सरकारले माग सम्बोधन गरेकाले कार्यान्वयनमा जोड दिन पहल गर्ने योजना रहेको मन्त्री आर्चायका स्वकीय सचिव इश्वर आचार्यले बताए ।