Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

वडाअध्यक्ष नेतृत्वमा सन्दकपुर ३ मा नागरिक आवास कार्यक्रमको अनुगमन (तस्बिरहरु )

वडाअध्यक्ष नेतृत्वमा सन्दकपुर ३ मा नागरिक आवास कार्यक्रमको अनुगमन (तस्बिरहरु )

  • किरण राई
  • मंगलबार, जेष्ठ १६ २०८०


वडाअध्यक्ष नेतृत्वमा सन्दकपुर ३ मा नागरिक आवास कार्यक्रमको अनुगमन (तस्बिरहरु )

सन्दकपुर । वडाअध्यक्ष नेतृत्वमा सन्दकपुर ३ मा नागरिक आवास कार्यक्रमको अनुगमन सम्पन्न भएको छ । नागरिक आवास कार्यात्रम अन्तरगत निर्माण भएका घरहरुको अनुगमन गरिएको हो । सन्दकपुर ३ का वडाध्यक्ष लिला बहादुर बुर्जा, सदस्यहरु कमल प्रसाद निरौला, सोम साउदेन, पून्यवती रिजाल, कविता लकान्द्रि र सुरक्षित नागरिक आवास कार्यक्रमको संयोजक रमेश भट्टराई सहितको टोलीले अनुगमन गरेको हो ।

सन्दकपुर ३ मा नागरिक आवास कार्यक्रम अन्तरगत ९० वटा घरहरुको छानामा जस्ता लगाउने काम भइरहेको छ । जसमध्ये अनुगमन टोलीले १४ वटा घरहरुको अनुमगनको काम सकिएको कार्यक्रम संयोजक रमेश भट्टराईले बताए । सन्दकपुर गाउँपालिकामा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत ५ वटा घरहरुको जस्ता फेर्ने काम धमाधम भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार