Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पर्यटनका माध्यमबाट केचनाबाट कंचनजङ्गा जोड्न पदयात्रा सम्पन्न (तस्बिरहरु)

पर्यटनका माध्यमबाट केचनाबाट कंचनजङ्गा जोड्न पदयात्रा सम्पन्न (तस्बिरहरु)

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ १६ २०८०


पर्यटनका माध्यमबाट केचनाबाट कंचनजङ्गा जोड्न पदयात्रा सम्पन्न (तस्बिरहरु)

इलाम । झापाको होचो भु–भाग केचनाबाट ताप्लेजुङ्गको कंचनजङ्गा सम्मको पर्यटकियस्थलको प्रवद्र्धन गर्नका लागि केचना कंचनजङ्गा पदयात्रा सम्पन्न भएको छ । पर्यटकिय गन्तव्यहरुको प्रचारप्रसार गर्ने, नयाँ गन्तव्यलाई प्रवद्र्धनसँगै स्थानीयसँग अन्तरक्रिया गर्ने गरि पूर्वका पर्यटन व्यवसायि र पर्यटनसँग सम्बद्धहरुले झापादेखि ताप्लेजुङसम्मको पर्यटकिय गन्तव्य घुमेका छन् ।

एकैपल्ट पर्यटनकर्मीले एकसाता घुमेर पर्यटनको विकासका लागि विभिन्न क्षेत्रमा छलफल गरेका छन् । झापाबाट इलाम, पाँचथर र ताप्लेजुङका विभिन्न क्षेत्रको भ्रमण गरेका छन् ।


अवलोकन भ्रमणका साथै पर्यटनको सम्भावना तथा अवसरका बारे छलफल समेत भएको थियो । नेपालको सबैभन्दा होचो भाग झापाको केचनाबाट पूर्वका पर्यटनकर्मीहरुले अर्जुनधारा, बहुनडागी, इलामको कन्याम, अन्तु, गुफापातल, माईपोखरी, पानीटार, पाँचथरका लोहाकील, सुकेपोखरी, सिलौटी, लोब्रेकुटि, फिदिम, जोरपोखरी हुदैँ नेपाल भारतको सिमानमा रहेको मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु चिवाभञ्याङ पुगेका थिए ।


ताप्लेजुङको सुकेटार हुदै प्रसिद्ध पाथिभरा देविसम्म टोलि पुगेको थियो । टोलीले ठाँउ ठाँउमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । होटल व्यवसायी, ट्राभल व्यवसायी, होमस्टे सञ्चालक सहितको टोली रहेको थियो ।


‘पूर्वको पर्यटनलाई प्रवद्र्धनका लागि सहयोग पुग्ने देखिन्छ । अनेकन सम्भावनालाई व्यवस्थीत रुपमा पर्यटन विकासका लागि सहयोगी हुने अपेक्षा राखिएको छ’ नेपाल पर्यटन बोडका कार्यकारी सदस्य कृष्ण शाहाले भने ‘सस्कृति, धर्म, बसोबास, रहनसहनका हिसाबले यि जिल्ला जोडिएका छैन् । केहि समयको यात्रामानै फरक फरक भुगोल र हावापानीको अनुभुक्ति गर्न पाईन्छ ।’

प्राकृतिक सम्पदा, सास्कृतिक महत्व, धार्मिक विश्वासलाई एकआसपमा जोडेर यो यात्राले प्याकेज निर्माण गर्न सजिलो हुने अपेक्षा राखिएको छ । कञ्चनजंघा केचना पर्यटन विकास समितिको आयोजनामा एकसातामा लामो भ्रमण आयोजना गरेको थियो ।


विभिन्न ठाँउका स्थानीय तहका जनप्रनिधि र स्थानीयबासिसँग छलफल गरीएको समितिका कार्यकारी निर्देशक केशव धौरालीले जानकारी दिए । पर्यटकलाई गन्तव्यहरुमा सजिलोसँग पु¥याउनुका साथै त्यहाँका विशेषताका बारे अधिक जानकारी दिन सजिलो हुने अपेक्षा राखिएको उनभनले बताए ।


नेपालकै होचो भुभाव केचना र ससारकै तेश्रो अग्लो हिमाल कञ्चनजंघा रहेको यो अनेकन पर्यटकिय सम्भावना भएका क्षेत्रको अध्ययन, समस्याको पहिचान र पर्यटन प्रवद्र्धन गर्नका लागि महत्पूर्ण भएको टोलीमा सहभागिहरुको भनाइ थियो । जेठ ७ गतेबाट शुरु भएको पदयात्रा जेठ १४ मा पुगेर टुङ्गिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार