Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

आहालेमा रत्न बान्तवाको शालिका अनावरण

आहालेमा रत्न बान्तवाको शालिका अनावरण

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ १५ २०८०


आहालेमा रत्न बान्तवाको शालिका अनावरण

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१० आहालेका शहिद रत्नकुमार बान्तवाको शालिक अनावरण गरिएको छ । १५ औ गणतन्त्र दिवसको अवसर पारेर रत्न चोकमा रहेको शालिक नगर प्रमुख रणबहादुर राईले अनावरण गरे । शालिक निर्माणका लागि वडाबाट आर्थिक बर्ष .०७८÷७९ मा १ लाख ५० हजार र आर्थिक बर्ष ७९÷८० मा ६० हजार रुपैया विनियोजित भएको थियो ।

शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष दल बहादुर चाम्लिङको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लुङ्खिम भाषाको भाषाविद् एबं शिक्षक अरूण लुङ्खिमले मुन्दुमी भाषाबाट आफ्नो कुराहरू राखे ।

कार्यक्रममा वडाध्यक्ष पेमा उगेन लामा, वडा सदस्य सरू गदाल,पदम बहादुर राई,सामुदायिक परिचालिका ललिता राई,नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य दिपेश राई,नेपाली काग्रेसका वडा प्रतिनिधि अशोक चाम्लिङ ,किरात राई योयाक्खा नगर कार्यसमितिका अध्यक्ष कलिका राई लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य रत्नचोक टोल विकास संस्थाका अध्यक्ष धिरेन कट्टेल तथा संचालन शालिक निर्माण समितिका सचिव चुडामणि घिमिरेले कार्यक्रम गरेका थिए । ।

प्रतिक्रिया
सम्बन्धित समाचार