Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण

नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण

  • सन्देश सम्वाददाता
  • सोमबार, जेष्ठ ८ २०८०


नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण

फिक्कल : इलाम जिल्लामा तैनाथ श्री रणशार्दूल गणले सूर्योदय नगरपालिका १० को श्री कृष्ण आधारभूत विद्यालयलाई शैक्षिक, खेलकुद तथा मनोरञ्जनका सामग्री हस्तान्तरण गरेको छ । गणले आईतबार बिद्यालयमै आएर २५ हजार रुपैया बराबरको शैक्षिक, खेलकुद तथा मनोरञ्जनका सामग्री हस्तान्तरण गरेको हो ।

विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी, अभिभावक लगायत स्थानीय जनसमुदायको उपस्थितीमा उक्त सामग्री गणपति प्रमुख सेनानी सुनिल सुबेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मार्फत विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

बि.सं २००९ सालमा स्थापना भई विविध कारणले बि।सं। २०७३ सालदेखि बन्द रहेको उक्त विद्यालय यसै शैक्षिक सत्रबाट पुनः संचालनमा आएको छ । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर बहादुर कुलुङले नेपाली सेनाबाट बिद्यालयले सहयोग पाएकोमा खुशी ब्यक्त गरे ।

उनले यस्ता कार्यक्रमबाट नागरिक–सैनिक सम्बन्धलाई सुदृढ तथा प्रगाढ बनाउन सहयोग पुग्ने समेत उल्लेख गरेको थियो। नेपाली सेनाले बिभिन्न समयमा बिद्यालयलाई यस्ता सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार