Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

ब्याडमिन्टन प्रतियोगिताको बचत २ लाख

ब्याडमिन्टन प्रतियोगिताको बचत २ लाख

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ ७ २०८०


ब्याडमिन्टन प्रतियोगिताको बचत २ लाख

इलाम । बरबोटे ब्याडमिन्टन क्लबले फागुन १८ देखि २० गतेसम्म आयोजना गरेको कोशी प्रदेश स्तरीय प्रथम ब्याटमिन्टन प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको छ । प्रतियोगिता आयोजनाका लागि स्थानीय तहहरु, संघ संस्था र व्यक्तिबाट रु सात लाख ५९ हजार ९१४ रुपैयाँ सहयोग प्राप्त भएकोमा आयोजना सञ्चालन गर्न पाँच लाख ७० हजार ५५० रुपैयाँ खर्च भएको क्लबका कोषाध्यक्ष तीलक जबेगूले जानकारी दिए ।

प्रतियोगिताबाट क्लबलाई एक लाख ८९ हजार तीन सय ६४ रुपैयाँ नाफा भएको पनि उनले जानकारी दिए । क्लबका अध्यक्ष गृष्म सुब्बाको अध्यक्षतामा सम्पन्न आयव्यय सार्वजनिक कार्यक्रममा इलाम नगरपालिका वडा नं ६ का अध्यक्ष मदन श्रेष्ठ, वडा नं ५ का सदस्य प्रकाश दुलाल, अमर माविका प्रअ सोमनाथ निरौला, पत्रकार महासंघका अध्यक्ष विप्लब भट्टराई लगायतले खेल तथा क्लबको पारदर्शीताको बारेमा बोलेका थिए ।

क्लबका सचिव राजन दाहालले सञ्चालन गरेको सो कार्यक्रममा सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि र खेलाडीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार