विराटनगर । प्रदेश सरकारले कोशी प्रदेशका अग्रज चार पत्रकारलाई एक कार्यक्रमबीच प्रादेशिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा कोशी प्रदेश पत्रकारिता पुरस्कारबाट इलामका सोमनाथ सुसेली, सटेन्द्र जबेगु, झापाकी महिला पत्रकार अम्बिका भण्डारी र सुनसरीका राजेश बिद्रोही पुरस्कृत भएका हुन् ।

मुख्यमन्त्री हिक्मत कार्कीले उनीहरुलाई दोसल्ला ओढाएर फूलमाला अबीर लगाई जनही नगद एक लाख र कदरपत्र हस्तान्तरण गरे । प्रदेश सरकारले २०७४र७५ देखि प्रत्येक वर्ष प्रदेशका दुई जना अग्रज पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।