इलाम : नेपाल अलैंची व्यवसायी महासंघ इलामको आयोजनामा शनिबार सदरमुकाममा अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा नेपाल व्यवसायी महसंघका अध्यक्ष निर्मल भट्टराईले अलैंचीको गणस्तर वृद्धि, सुकाउने र भण्डारण गर्ने तरिका आन्तरिक तथा अन्तराष्ट्रिय बजारमा उपभोक्तामा खपत गराउनेलगायतका विषयमा जानकारी गराए ।
कार्यक्रममा सहभागीहरुले अलैंचीको स्वच्छता तथा गणस्तर कायम गर्न अलैंची रोपणअघि माटो परिक्षण गर्नपर्ने, रोगमुक्त विरुवा मात्र रोपण गर्नुपर्ने, रासायनिक विषालुको प्रयोग नगर्ने, गर्नैपर्ने भएमा प्राविधिकको सल्लाह अनुसार न्यायोचित रुपमा गर्ने लगायतका सुझाव राखेका थिए ।
नेपाल अलैंची व्यवसायी महासंघका संस्थापक तथा संरक्षक राजेन्द्र घिमिरे, नेपाल उद्योग महासघंका केन्द्रिय सदस्य राजकमार कार्की, अलैंची विकास फिक्कलका प्रमखलगायतले अलैंचीको उल्पादन, गुणस्तर सुधार र बजारीकरण सम्बन्धी वर्तमान परिस्थिति, चुनौती, अवसर विषयमा भनाई राखेका थिए ।
उनीहरुले अलैंची विकास वोर्डले वा इलामले मात्रै नर्सरी राख्दा नेपालका पश्चिमा जिल्लाहरुमा नपुगेका कारण आगामी वर्षमा सम्बन्धित जिल्लामा नै नर्सरी स्थापना गराउनको लागि अलैंची विकास बोर्डले भूमिका खेल्ने, किसानको पक्षमा निणर्य गर्नुपर्ने, कृषि पेशामा लाग्नेलाई अभिप्रेरित गर्न सके आर्थिक समृद्धिको यात्रा तय गर्न सक्ने, सरोकारवाला र कृषकहरुको समस्या पहिचान गरी समाधान गर्ने, नेपालमा उत्पादित अलैंची भारतमा मात्र निर्यात भएकाले तेस्रो मुलकमा पनि निर्यात गर्ने वातावरण कायम गर्ने, गुणस्तर अभिवृद्धि गर्ने महासंघले अभियान चालेको जानकारी गराएका थिए ।
कार्यक्रममा अलैंची व्यवसायका सल्लाहकार पदाधिकारी र सदस्यहरुसहित उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरु, अलैंची व्यवसायी तथा आवद्ध व्यक्तिहरुको उपस्थिति थियो । यसैबीच नेपाल अलैंची व्यवसायी महासघं इलामको अधिवेशन समेत सम्पन्न भएको छ ।
नेपाल अलैंची व्यवसायी महासघं इलामका कार्यवाह अध्यक्ष मनोज घिमिरेको अध्यक्षतामा र महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईको प्रमख आतिथ्यता भएको थियो ।