Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलामको पर्यटन प्रवद्र्धनमा सरकार प्रतिवद्ध छ : अर्थमन्त्री महत

इलामको पर्यटन प्रवद्र्धनमा सरकार प्रतिवद्ध छ : अर्थमन्त्री महत

  • अशोक मिश्र
  • शनिबार, बैशाख २३ २०८०


इलामको पर्यटन प्रवद्र्धनमा सरकार प्रतिवद्ध छ : अर्थमन्त्री महत

काठमाडौ । इलामको पर्यटन प्रवद्र्धनका लागि सरकार प्रतिवद्ध रहेको अर्थमन्त्री प्रकाशसरण महतले बताएका छन् । इलामको पर्यटन प्रवद्र्धनका लागि मन्त्री निवास पुगेको सन्दकपुर गाउँपालिकाको टोलीसँगको भेटमा अर्थमन्त्री महतले इलामको पर्यटन प्रवद्र्धनका लागि सरकारले आगामि आर्थिक वर्षको बजेटबाट सम्बोधन गर्ने बताएका हुन् ।


सन्दकपुर गाउँपालिकाका वडाध्यक्षहरु सनम राई, यज्ञबहादुर गुरुङ्ग, लिल बहादूर, बुर्जा इलाम नगरपालिका ७ का अध्यक्ष नरेश श्रेष्ठ सहितको टोलीले अर्थमन्त्री शर्मासँग भेटघाट गरेको थियो । सो अवसरमा टोलीले इलामको पर्यटकीय क्षेत्र सन्दकपुर भ्रमणको निम्तो दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार