इलाम । बहिर्गमित जनमुक्ती सेना नेपाल प्रथम इलाम जिल्ला भेलाबाट निरा गुरूङकाे नेतृत्वमा समिति गठन भएकाे छ । समितिकाे सहसंयाेजकमा पुकार निराैला र सचिवमा देवराज लिम्बू चयन भएका छन् ।
सदस्यहरूमा प्रकाश खनाल, सरस्वती बस्नेत, मनि राई र मनोज नेपाल रहेका छन् । ने.क.पा माओबादी केन्द्र इलाम जिल्ला समन्वय समितीका अध्यक्ष तेजबहादुर राईकाे अध्यक्षतामा भएको कार्यक्रममा ने.क.पा माओबादी केन्द्रका केन्द्रिय सदस्य इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा (रमण) जको प्रमुख आतिथ्यता रहेको थियाे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला सचिव शान्ता बस्नेत सर्कल, प्रदेश कमिटी सदस्य साेममाया राई सिन्धु, प्रभास शर्मा,दिपेन राई, वाइसिएल नेपाल प्रदेश सह संयोजक बिक्रम फियाक ज्यु को उपस्थिति रहेकाे थियो ।