इलाम । नेकपा एमाले संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत भएका छन्।
नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई उपनेतामा मनोनीत गरेका हुन्।
सचेतकमा सृजना राई मनोनीत भएकी छन्। उनीहरू दुवै जनालाई मुख्यमन्त्री कार्कीले बुधबार मनोनीत गरेका हुन्।
राना मगर इलाम क्षेत्र-२ (ख) बाट निर्वाचित भएका थिए। राई समानुपातिकबाट सांसद बनेकी हुन्।
प्रमुख सचेतकमा भने रेवतीरमण भण्डारी यसअघि नै नियुक्त भइसकेका छन्।