फिक्कलः इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा सिलिन्डर ग्याँस विस्फोट हुँदा एक घर जलेर नस्ट भएको छ ।
स्थानीय लोकनाथ पाठकको टिन र काठले बेरा गरेको एकतले घर पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय मनिष लिम्बूले जानकारी दिए। स्थानीयको पहलमा आगो नियन्त्रणमा आएको छ । मानवीय क्षति हुन नपाएपनि घरभित्रका अन्न,लत्ता कपडा,महत्वपूर्ण कागजात र नगद जलेर खरानी भएको लिम्बूले बताए ।
आगलागीबाट अन्दाजी ३० लाख बराबरको क्षति भएकाे छ । बिहीबार (आज) छोरीको शुभ विवाहको तयारी गरिरहेका लोकनाथको घरमा अचानक आगलागीपछि अहिले परिवार समस्यामा रहेकाे छ । पाठक परिवारलाई रेडक्रसले राहत सामाग्री प्रदान गरेकाे छ ।