फिक्कल । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि उत्पादनलाई प्रवर्द्धन गरेर मात्रै देशको व्यापार घाटा कम गर्न सकिने बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री भुषालले अर्थतन्त्र सबल बनाउन र जीवनलाई स्वस्थ राख्न मौलिक उत्पादनहरुमा जोड दिनुपर्ने र त्यसको मुख्य आधार कृषि क्षेत्र भएको बताए । कृषिजन्य मौलिक उत्पादनलाई प्राथमिकता दिने सरकारको योजना रहेको बताए ।
आफ्ना मौलिक कृषि उत्पानलाई प्रस्तुत गरेमात्रै कृषि क्षेत्रको व्यापार विस्तार गर्न सहज हुने उनको भनाइ छ । कृषि क्षेत्रलाई सवल सक्षम बनाउन सरकारले आगामि आर्थिक वर्षमा प्राथमिकताका साथ योजनाहरुको प्रस्ताव गरिने मन्त्री भुषालले बताए ।