Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

साना किसानको २७ लाख ७१ हजार रुपैयाँ चोरी

साना किसानको २७ लाख ७१ हजार रुपैयाँ चोरी

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख १३ २०८०


साना किसानको २७ लाख ७१ हजार रुपैयाँ चोरी

माई : साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड माई नगरपालिका-४ इलाममा गयराती अपरिचित समूहले नगद चोरी गरेको छ। माई नगरपालिका ४ गैरीगाउँमा रहेको सहकारीबाट लकर सेफमा रहेको र अन्य स्थानमा रहेको नगद गरी २७ लाख ७१ हजार ५ सय ६५ चोरी भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए।

गएराति ११ बजेर ४५ मिनेट देखी १ बजेर २९ मिनेट सम्म ४ जनाको समुहमा सहकारी कार्यालय भित्र पसेर चोरी गरेको सिसि क्यामेरा फुटेजमा देखिएको सुरक्षा स्रोतले जनाएको छ ।

सहकारीको सोमबार सम्मको नगद मौज्दात २६ लाख ७१ लाख ७ सय ६५ रुपैयाँ र मंगलबारको वचत ९९ हजार ८ सय रहेको व्यवस्थापक इन्द्र बहादुर रैका मगरले जानकारी दिए । सानाकिसान कृषि महिला सहकारी संस्थामा करिव १ हजार ३ सय महिला सदस्य रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार