सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा स्थलगत माछापालन तथा व्यवस्थापन सम्बन्धी ५ दिवसीय तालिम सुरु भएको छ । पशु सेवा तालिम केन्द्र दुहबीको आयोजनामा गाउँपालिकाको सभाहलमा सुरु भएको तालिममा ५ वटै वडाका माछापालक किसानहरु सहभागी छन् ।
गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष हरि लुङ्गेली मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लुङ्गेली प्रमुख प्रशासकिय अधिकृत महेश राई र वडा सदस्य सोमबहादुर साउदेनले मन्तव्य राखेका थिए । पशु सेवा तालिम केन्द्रका अधिकृत दिपक बाबू सिहले स्वागत मन्तव्य राखेको कार्यक्रम उदयनारायण यादवले संचालन गरेका थिए ।
तालिमलाई केन्द्रका अधिकृत दिपक बाबु सिंह, हुकुमलाल सिंह लगायतले सहजीकरण गर्नेछन् । तालिममा सहभागी किसानहरुको घरमा पुगेर नै माछा पोखरी अनुगमन समेत हुने सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । हाल पालिका क्षेत्रमा कमर्नकार्प, ग्रासकार्प र रेन्बो ट्राउट माछा पालन गरिदै आएको छ