Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

अखिल नेपाल ट्रेड युनियन महासंघ इलाम अध्यक्षमा चम्लगाई

अखिल नेपाल ट्रेड युनियन महासंघ इलाम अध्यक्षमा चम्लगाई

  • सन्देश सम्वाददाता
  • सोमबार, बैशाख ११ २०८०


अखिल नेपाल ट्रेड युनियन महासंघ इलाम अध्यक्षमा चम्लगाई

माई । अखिल नेपाल ट्रेड यूनियन महासंघ इलामको अध्यक्षमा हरिप्रसाद चम्लगाई निर्वाचित भएका छन् । माई नगरपालिका–४ स्थित नमुना सामुदायिक वनको सभाहलमा सम्पन्न दोश्रो जिल्ला सम्मेलनबाट चम्लगाईको नेतृत्वमा समन्वय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा बिष्णुप्रसाद भट्टराई, सचिव केशव केसी, सहसचिव खड्ग मुखिया र कोषाध्यक्षमा बसन्त राई निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा सागर लिम्बू, बासु ठाकुर, राम राई, राम थापा, राम राई, कुशुम तामाङ, गणेश कामी र उदय श्रेष्ठ रहेका छन् । उमेश रेग्मी अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीको जिल्ला अध्यक्ष बिजय खम्बु, अखिल नेपाल ट्रेड यूनियन महासंघका प्रदेश इन्चार्ज भुपाल सापकोटा, माओवादी केन्द्र इलाम इन्चार्ज प्रवाश शर्मा, माओवादी केन्द्र सूर्योदय इन्चार्ज प्रविण तिमसिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार