सन्दकपुर : इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरको आयोजनामा भएको प्रथम सन्दकपुर महोत्सव आजबाट समापन हुँदैछ । बैशाख ५ गते औपचारिक उद्धघाटन गरिएको महोत्सव आजसम्म चल्नेछ ।
पर्यटन प्रर्वद्धनसंगै स्थानीय कलासंस्कृति, परिकारहरु प्रचान गराउने उद्धेश्यका साथ आयोजना गरिएको महोत्सवमा विभिन्न जातजातिको झाँकी, कला संस्कृति एवम राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहेको थियो ।
महोत्सवमा गायक प्रताप दास, हास्यकलाकार सुवोध गौतम एदुमे, शुर्दशन सुवेदी, युनिभर्सल डान्स सेन्टरको नृत्य तथा मोडल भावना खपाङगी लगायतले आफ्नो प्रस्तुती दिएका थिए । इलामका साहित्यकार एवम कविहरुले आफ्नो प्रस्तुती समेत राखेका थिए ।
आज विभिन्न जातिय झाँकीका साथ औपचारिक रुपमा कार्यक्रम समापन हुनेछ । समापनपछि उदय र मनिला सोताङको सांगितिक प्रस्तुती रहनेछ ।