Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गुराँसै फुल्यो सन्दकपुर डाँडैमा (तस्बिरहरु)

गुराँसै फुल्यो सन्दकपुर डाँडैमा (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शनिबार, बैशाख ९ २०८०


गुराँसै फुल्यो सन्दकपुर डाँडैमा (तस्बिरहरु)

सन्दकपुर । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरका जंगल अहिले गुराँसको फुलबाट सजिएको छ । राष्ट्रिय फुल गुराँसको बाक्लो जंगल रहेको सन्दकपुर क्षेत्रमा एक साता अघिबाट गुराँस फुल्न थालेको हो ।

गुराँस फुल्न थालेपछि अहिले आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षण पनि बढेको स्थानीय होटल व्यवसायी रिञ्जि सेर्पाले बताए । ३६ सय ३६ मिटरको उचाईमा रहेको सन्दकपुर घुम्नैपर्ने पर्यटकीय क्षेत्रमा समेत घोषणा भएको छ ।

कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र घोषणा भएपछि संघीय सरकारले सन्दकपुर १ स्थित माईपोखरीबाट पर्यटकीय क्षेत्र छिन्टापुहुँदै सन्दकपुर जोड्ने पदमार्ग निर्माण गरेपछि पदयात्राीको संख्या पनि बढेको छ । पर्यटकको प्रवद्र्धनका लागि प्रथम सन्दकपुर महोत्सवको आयोजना भएकाले भारतको कलकत्ताबाट पनि बाइकको प्रयोग गरि पर्यटकहरु पनि आउन थालेका छन् । सन्दकपुर डाँडामा मात्रै १८ प्रजातीका गुराँसका फुलहरु पाइन्छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार