सन्दकपुर । इलामको सन्दकपुरमा जारी प्रथम सन्दकपुर महाेत्सवमा चर्चित गायक प्रताप दासकाे सांगीतिक प्रस्तुती शनिबारकाे लागि सरेकाे छ ।
माैसम प्रतिकुल भएपछि कार्यक्रम एक दिनलाई सारिएकाे हाे । शनिबार अपराह्न २ बजेबाट दासकाे कार्यक्रम हुने आयाेजक समितिका प्रचार संयाेजक सुरेश थापा मगरले जानकारी दिए ।
शनिबार हास्य कलाकार सुवाेध गाैतम ‘ एदुमे´ र मिन्छुमा राईकाे प्रस्तुति समेत रहने आयाेजक समितिका सचिव रूपेन नेम्वाङले जनाए ।