Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम ४ को थामडाँडा कृषि समूह अहिले ग्रामीण अर्थतन्त्र विकासको आधार

फाकफोकथुम ४ को थामडाँडा कृषि समूह अहिले ग्रामीण अर्थतन्त्र विकासको आधार

  • सन्देश सम्वाददाता
  • मंगलबार, बैशाख ५ २०८०


फाकफोकथुम ४ को थामडाँडा कृषि समूह अहिले ग्रामीण अर्थतन्त्र विकासको आधार

फाकथोकथुम । पशुपालनबाटबाट गाउँका किसानको आर्थिक अवस्था सुधारमा इलामको फाकफोकथुम ४ को थामडाँडा कृषि सहकारी उदाहरणिय बन्दै गएको छ । व्यवसायीक पशुपालनमा किसानलाई प्रवद्र्धनसँगै उत्पादित दूध प्रशोधन गर्दै सहकारीले घिउ छुर्पि बिक्रिबाट राम्रो आम्दानी समेत गर्दै आएको छ ।


२६ जना किसानबाट शूरु भएको फाकफोकथुम ४ को थामडाँडा कृषि समूह अहिले ग्रामीण अर्थतन्त्र सुधारको आधार बनेको छ । २०६४ सालमा स्थापना भएको थामडाँडा कृषि समूह २०६७ मा सहकारीमा दर्ता भएको थियो ।


सहकारीमा अहिले ८१ जना किसान आवद्ध भएका छन् । प्रशस्त मात्रामा घाँसे मैदान र डालेघाँस पाइने फुयतप्पा क्षेत्रमा किसानको समूहले व्यवसायीक रुपमा पशुपालन गरि दूध बिक्रिबाट आफ्नो आम्दानीको श्रोत बनाएका छन् ।


यातायातको पहुँच भएपनि वर्षातको यात्रा कष्टकर हुने यहाँ किसानबाट संकलन भएको दूध प्रशोधन सहकारी आफैले गर्छ । सहकारीले दूध प्रशोधन केन्द्र स्थापना गरि दैनिक घिउ र छुर्पि उत्पादन गर्दै आएको छ । सहकारीमा अहिले दैनिक १ हजार लिटर दूध संकलन भई प्रशोधन हुन्छ ।


स्थापनाकालनमा सहकारीमा २ सय लिटर दूध संकलन हुन्थ्यो । सहकारीले किसानलाई उन्नत गाई पालनमा प्रवद्र्धन गर्दै आएको छ । जसका कारण किसानका गोठमा उन्नत गाई भित्रिएका छन् । व्यवसायीक गाईपालनबाट ग्रामीण अर्थतन्त्र सुधार गर्ने सहकारीलाई गाउँपालिकाले पनि सहयोग गर्दै आएको पालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।
सहकारीले किसानलाई फ्याट र एस एन एफका आधारमा ५५ देखि ७० रुपैयाँ प्रतिलिटर दूधको मूल्य दिँदै आएको छ । सहकारीको बार्षिक कारोबार अहिले १ करोड ४० लाखसम्म पुग्ने लक्ष्य लिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार